२०८३ साउन १० आइतबार

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

ई आर्थिक    आइतबार, असार ३० २०८१
1.3K
Shares
तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

ई–आर्थिक, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्कभित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी.को सभापतित्व र साहित्यकार/कवि श्रीहरि फुयालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेब ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरे लगायतले भानुभक्त सम्बन्धि आ–आफ्ना रचना बाचन गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथी श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गर्नुभएको थियो भने बलराम फुयालले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गर्नुभएको थियो । धुर्बराज खड्काले कला साहित्य गीत संगीत एक अर्काको पुरक रहेको भन्दै आफ्नो धारणा राख्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष केसीले भानुक्त रामायणको पंक्तिहरू वाचनगर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । केसीले कवि श्रीहरि फुयालले हालै एक लाख धनराशीको महाकवी देवकोटा साहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा चलचित्र निर्देशक अमर वलि, कलाकार विकासकुमार दास, अन्जनी केसी, दिप्तप्रकाश अधिकारी, नरेश वली, केशव सिठौला, हरिहर सिलवाल, समाजसेवी इन्द्रनारायण मानन्धर, बाइसधारा पार्कका कार्यालय प्रमुख निरन्जन बस्नेत, सामाजिक अभियन्ता जेवी रसाइली, राम पाण्डे, सुरेन्द्र थापा लगायतका व्यत्तित्वका साथै स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियोे ।

गोपाल घिमिरेले सहजिकरण गर्नुभएको कार्यक्रमा प्रतिष्ठानका महासचिव प्रकाशबिक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष रामशरण कोइरालाले संयोजन गर्नुभएको कार्यमलाई बालाजु बाईसाधारा उद्यान कार्यालय र का म न पा १६ ले सफल पार्न सहयोग गरेको थियो ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij