२०८३ साउन १२ मंगलबार

सुजल फुड्सको डिलाइट डेरी ह्वाइटनर बजारमा

ई आर्थिक    बुधबार, असार २६ २०८१
4.5K
Shares
सुजल फुड्सको डिलाइट डेरी ह्वाइटनर बजारमा

ई–आर्थिक, काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ ।

देशभरिका विभिन्न स्थानहरूबाट संकलित दूधलाई नवीनतम, उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘डिलाइट डेरी ह्वाइटनर’ तयार पारिएकाले यो शत प्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको कम्पनीले दाबी गरेको छ ।

अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राइङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीको भनाइ छ ।

आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

‘डिलाइट डेरी ह्वाइटनर’ बाक्लो क्रिमी र स्वादिष्ट रहेको कम्पनीको दाबी छ ।

गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ ।

‘डिलाइट डेरी ह्वाइटनर’ देशभरिका भाटभाटेनी, सेल्स बेरी, बिगमार्ट, किराना पसलका साथै अनलाइन सपिङमार्फत उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij