२०८३ भाद्र २६ शुक्रबार

बनेपाको युनिटी सहकारीका अध्यक्ष शुद्धकार र कोषाध्यक्ष राजबंशी पक्राउ

ई आर्थिक    मंगलबार, असार १८ २०८१
4.1K
Shares
बनेपाको युनिटी सहकारीका अध्यक्ष शुद्धकार र कोषाध्यक्ष राजबंशी पक्राउ

ई–आर्थिक, बनेपा । जिल्लाको बनेपा नगरपालिका–८ वाँख्योटोलमा रहेको श्री युनिटी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ५८ वर्षीय कृष्ण लाल शुद्धकार र कोषाध्यक्ष ४६ वर्षीय निरज राजवंशी रहेका छन्। पक्राउ परेकामाथि अनुसन्धान सुरु गरिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

सञ्चालक समितिका अध्यक्ष शुद्धकारले बचतकर्ताहरूलाई ललाई फकाई बचतको सुरक्षा हुने विश्वासमा पारी बचत गराउनका लगाएका थिए। बचतकर्ताले बचत गरेको रकम फिर्ता नदिएपछि ३० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। बचतकर्ताहरुको दुई करोड ८३ लाख ११ हजार १६१ रकम ठगी कसुरमा उनीहरूविरुद्ध मुद्दा परेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij