२०८३ साउन ११ सोमबार

पानीको सतह घटेकाले ६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

ई आर्थिक    बुधबार, असार ५ २०८१
1.9K
Shares
पानीको सतह घटेकाले ६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युत्को महत्त्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिनुभयो ।

विशेष गरी नदीको पानी कम हुँदा विद्युत आपूर्ति सन्तुलन गर्न र विद्युत अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत आयोजना प्रयोग गरिन्छ । समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उहाँको भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो । गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ । उहाँका अनुसार वि.सं.२०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपत्कालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij