२०८३ साउन १० आइतबार

एशियन थाई फुड्स ‘फूड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’ मा सहभागी

ई आर्थिक    बिहिबार, जेष्ठ ३१ २०८१
6.2K
Shares
एशियन थाई फुड्स ‘फूड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’ मा सहभागी

ई–आर्थिक, काठमाडौं । एशियन थाई फूड्स प्रा. लि. नाइजेरियाको लागोसमा आयोजित फूड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४ मा सहभागी हुने पहिलो नेपाली कम्पनी बनेको छ । जून ११-१३ सम्म चल्ने अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागिता जनाउने एशियन थाई फूड्स नेपालको पहिलो र एकमात्र कम्पनीको रूपमा पहिचान स्थापित गर्न सफल भएको हो ।

स्थापनाको २५ वर्ष अवधिमा यस कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादहरुको बाजार विश्वभरिका अनेकौं देशसम्म पुर्याउँदै हाल फूड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४ मा सहभागिता जनाउन सफल भएको हो । टूपीएम, रमपम र प्रीति जस्ता अनेकौं लोकप्रिय ब्रान्डहरूका उत्पादकको रूपमा नेपाली कम्पनीले ख्याति प्राप्त गर्नु यो पहिलो उदाहरण हो। अमेरिका, आस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरुका साथमा एशियाका अन्य थुप्रै राष्ट्रहरुमा नेपालमा तयार पारिएको प्रशोधित खाद्य पदार्थ ( पैकेज्ड फूड प्रोडक्ट्स) को रूपमा विश्वव्यापी धारणा बनाउन-बढाउन एशियन थाई फूड्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ।

यस कम्पनीका प्रबन्धक निर्देशक महेश जाजू भन्छन्, ‘विश्व भरिको बाजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलगै आकर्षण छ। त्यस मध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलगै रुचि र आकर्षणको सम्भावना छ। यसै अनुभूतिका आधारमा हामी बाजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौं। यसको धेरै सुखद परिणामहरु आएको अनुभव भयो।’

अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बजार विस्तारको रणनीति हो। आज २६ भन्दा बढि देशमा आफ्ना उत्पादनहरु निर्यात गरी रहेको जाजूको भनाइ छ । गल्फ फूड दूबई, वर्ल्डफूड इस्तानबुल (टर्की), वर्ल्डफूड इन्डिया र आहार इन्डिया जस्ता प्रतिष्ठित व्यापारिक मेला(प्रदर्शनी जस्ता आयोजनाहरुमा यस कम्पनीले नेपाल र नेपाली खाद्य उत्पादनप्रति अलग्गै र अमिट छाप छोडेको छ।

उल्लेखनीय रूपमा, यि प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको हो। र, यसले नेपाली खाद्य उत्पादलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै सिंगो राष्ट्रको सबल आर्थिक भविष्यको सम्भावना माथि समेत उदाहरण बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij