२०८३ असोज ९ शुक्रबार

बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०८१
2.8K
Shares
बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा

ई–आर्थिक, काठमाडौं । सबैका लागि सधैका लागि अनवरत डिजिटल बैकिङ्ग प्रर्वद्धन गर्दै आधुनिक जिवनशैलीमा आधारित सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै रु दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तीय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij