२०८३ साउन १२ मंगलबार

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलियो

ई आर्थिक    शनिबार, जेष्ठ ५ २०८१
2.9K
Shares
मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलियो

ई–आर्थिक, काठमाडौं । काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।

उहाँले निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल) मध्ये काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको बताउनुभयो । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६३३ मिटर छ ।

उहाँले निर्माणाधीन तीन वटा सुरुङमार्गको सुरुङ खन्ने काम ७८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लेनडाँडा सुरुङमार्गको दुवैतर्फको सुरुङ छिचोलिने योजना रहेको बताउनुभयो ।

नेपाली सेनाका अनुसार तीन हजार ३५५ मिटरको महादेवटार सुरुङमार्गको दुई हजार १५८ मिटर खनिसकिएको जनाएको छ । तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अब १.५२९ किलोमिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij