२०८३ साउन १० आइतबार

खाद्य तथा गुण नियन्त्रण विभागद्वारा भारतीय मसला ‘एभरेस्ट’ र ‘एमडीएच’ आयात र बिक्रीमा रोक

ई आर्थिक    शुक्रबार, जेष्ठ ४ २०८१
5.6K
Shares
खाद्य तथा गुण नियन्त्रण विभागद्वारा भारतीय मसला ‘एभरेस्ट’ र ‘एमडीएच’ आयात र बिक्रीमा रोक

ई–आर्थिक, काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा भारतीय दुईवटा ब्रान्डको मसलाको आयात र बिक्री वितरणमा रोक लगाइएको छ । विभागले भारतीय ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डले उत्पादन गरेको मसला आयात र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको तीन प्रकारको मसलाको आयात, बिक्री बितरण र उपभोगमा प्रतिवन्ध लगाइएको बताए ।

परीक्षणको प्रारम्भिक चरणमा हानिकारक तत्व भेटिएकाले तत्कालको लागि आयात, बिक्री बितरण तथा उपभोगमा रोक लगाइएको विभागले जनाएको छ । विभागले एभरेस्टको फिस करी तथा एमडीएचको मद्रास करी पाउडर, साम्भर मसला, करी पाउडरको आयात र विक्रीमा रोक लगाइएको हो ।

‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा एथिलिन अक्साइड रहेको पाइएपछि हङकङ र सिंगापुरले समेत यस अघि नै प्रतिबन्ध लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij