२०८३ साउन ९ शनिबार

नेपाल बैंकको फत्तेपुर शाखाको सुरक्षा गार्ड हत्या आरोपमा सुवेदी पक्राउ

ई आर्थिक    आइतबार, बैशाख ३० २०८१
9.3K
Shares
नेपाल बैंकको फत्तेपुर शाखाको सुरक्षा गार्ड हत्या आरोपमा सुवेदी पक्राउ

ई–आर्थिक, काठमाडौं । सप्तरीमा नेपाल बैं‌क लिमिटेड सप्तरीको फत्तेपुर शाखाका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । मकवानपुरबाट पक्राउ उनी चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij