२०८३ साउन ११ सोमबार

प्रतिष्ठित र ठूला भनिएका ठूला उद्योग व्यवसायले नै तिरेनन कर, १५ दिन भित्र नतिरे कारवाही हुने

ई आर्थिक    सोमबार, बैशाख २४ २०८१
5.8K
Shares
प्रतिष्ठित र ठूला भनिएका ठूला उद्योग व्यवसायले नै तिरेनन कर, १५ दिन भित्र नतिरे कारवाही हुने

ई–आर्थिक, काठमाडौं । प्रतिष्ठित र ठूला भनिएका ठूला उद्योग व्यवसायले नै कर तिरेका छैनन् । १ अर्ब भन्दा बढी कारोबार गर्ने २५ ठूला कम्पनीले कर छलि गरेर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सूचना जारी गरेको छ ।

कानुन बमोजिम तिर्नुपर्ने नतिरेको भन्दै ठूला करदाता कार्यालयले सूचना जारी गरेको हो । कर असुल गर्न कार्यालयका कर्मचारीहरुले कम्पनीको भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराएको थियो । तर कुनै पनि प्रतिक्रिया नआएपछि कार्यालयले कारबाहि प्रकृया अघि बढाएको हो ।

कार्यालयले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न समय दिएको छ । तोकिएको समयभित्र कर दाखिला नभए आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ २५३ मा उल्लेखित नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

कर दाखिला नगर्ने कम्पनीहरुमा राम्रोसँग चलेका, सरकारीदेखि समस्याग्रस्त उद्योग व्यवसायसमेत छन् ।

यी हुन कर नतिर्ने २५ कम्पनीहरु

१. कृषि सामग्री कम्पनी लिमिटेड

२. माउण्ट एभरेष्ट ब्रुअरी प्रा. लि.

३. हिमाल आइरन एण्ड स्टिल (प्रा.) लि.

४. शुभश्री अग्नी सिमेन्ट उद्योग प्रा. लि.

५. उदयपुर सिमेन्ट उद्योग लि.

६. सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.

७. नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लि.

८. अरनिको आँबुखैरेनी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.

९. जनक शिक्षा सामाग्री केन्द्र लि.

१०. सि.ई. कन्स्ट्रक्सन प्रा.लि.

११. टाइगर्स ब्रुअरी इण्डष्ट्रिज प्रा.लि.

१२. सुविसु केवलनेट लि.

१३. इष्टर्न एजेन्सीज प्रा.लि.

१४. सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रा. लि.

१५.कशमस सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.

१६. महालक्ष्मी वायर एण्ड केबल इण्डष्ट्रिज प्रा.लि.

१७. विशाल सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.

१८. ग्रीन हिल सिटी

१९. अयोकी सिम्बोल रेक्टर्स नेपाल प्रा.लि.

२०. कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.

२१. पेन इंडिया इन्फ्राप्रोजेक्टस

२२. जयन्ती निर्माण सेवा

२३. शिव शिखर एग्रो प्रा.लि.

२४. बतास ब्रदर्श प्रा.लि.

२५. गण्डकी विकास बैंक लिमिटेड

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij