ई–आर्थिक, काठमाडौं । १ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
उनी काठमाडौं कलंकी बस्दै आएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
श्रेष्ठले बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप लागेको छ ।