२०८३ साउन १० आइतबार

ग्वार्को फ्लाई ओभर निर्माणका लागि रातको समयमा बालकुमारी–सातदोबाटो सडक दैनिक ६ घण्टा बन्द

ई आर्थिक    शुक्रबार, बैशाख ७ २०८१
4.3K
Shares
ग्वार्को फ्लाई ओभर निर्माणका लागि रातको समयमा बालकुमारी–सातदोबाटो सडक दैनिक ६ घण्टा बन्द

ई–आर्थिक, काठमाडौं । ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले बिहीबारदेखि सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ।

बिहीबारदेखि वैशाख ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा पूर्णरुपमा बन्द हुने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले जानकारी दिनुभयो। अत्यावश्यक भए रातको समयमा वैकल्पिक सडक प्रयोग गर्न शाक्यले अनुरोध गर्नुभएको छ।

फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने हुँदा समय बढी लाग्ने भएका कारण बाटो पूर्णरुपमा बन्द गर्नुपरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने र सो बिम बाँध्नका लागि २०० टनको मेसिनले काम गर्नुपर्ने भएकाले रातको समयमा बाटो बन्द गर्न लागेका हौँ।’’

बिम बाँध्न बढी समय लाग्ने हुँदा बाटो बन्द हुने दिन बढ्न सक्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij