२०८३ साउन ११ सोमबार

मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र

ई आर्थिक    मंगलबार, चैत्र ६ २०८०
2K
Shares
मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र

जलेश्वर (महोत्तरी), चैत ६ गते । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनमाथि कारबाही गरी ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।

उहाँका अनुसार जिल्लामा कुल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो । ऋणीबाट साहुद्वारा लिइएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउन सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनमाथि दैनिक निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाएको छ । निवेदनमा मिलापत्र गर्ने-गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । पछिल्लो एक महिना (फागुनभरि)मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनमाथि छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij