२०८३ साउन ११ सोमबार

सिद्धबाबा सुरुङ समयमै सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठको निर्देशन

ई आर्थिक    शुक्रबार, चैत्र २ २०८०
4.3K
Shares
सिद्धबाबा सुरुङ समयमै सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठको निर्देशन

तानसेन, पाल्पा । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ । शुक्रबार सुरुङ मार्गको स्थलगत निरीक्षक गर्नुहुँदै मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ गर्नेमाथि छुट नदिइने बताउनुभयो ।

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई समय अगावै सक्न मन्त्री महासेठले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘निर्माणका क्रममा कुनै अवरोध भए सरकार सहयोग गर्न तयार छ तर सुरुङ् मार्ग निर्माणमा कुनै बाहना बनाएर रोक्न पाइन्न, समयमै सक्न निर्माण कम्पनीलाई सरकारको तर्फबाट निर्देशन छ ।’’ आयोजना समयमै सक्नुपर्ने र त्यसका लागि सरकार सबैखालको सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको उहाँले बताउनुभयो । भौतिक यातायात सचिव केशम शर्माले सुरुङ् मार्ग निर्माणले पछिल्लो समय गति लिएको बताउनुभयो । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ् खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ् खनिएको छ । यस्तै सेफ्टी ढोका बनाउने कामले पनि गति लिएको छ ।

हालसम्म आयोजनाको २० प्रतिशत बढी काम सकिएको आयोजना पक्षले जनाएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij