२०८३ साउन १० आइतबार

तेस्रोपटकमा पनि बस्न सकेन नेशनल हाइड्रो पावरको वार्षिक साधारण सभा, सञ्चालक र शेयरधनी बीच विवाद

ई आर्थिक    बिहिबार, चैत्र १ २०८०
5.9K
Shares
तेस्रोपटकमा पनि बस्न सकेन नेशनल हाइड्रो पावरको वार्षिक साधारण सभा, सञ्चालक र शेयरधनी बीच विवाद

ई–आर्थिक, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा बस्ने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । सञ्चालक र शेयरधनी बीच विवाद भएपछि कम्पनीको २७ औ वार्षिक साधारण सभा स्थगित भएको छ ।

यसअघि दुुईपटक बस्ने प्रयास गरिए पनि कम्पनी साधारणसभा बस्न सकेको थिएन ।

सभामा विवादका कारण स्थगित भएपनि गणपूरक सङ्ख्या नपुगेको भन्दै सभा स्थगित गरिएको हो । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा पनि गणपूरक सङ्ख्या नपुगेकाले भन्दै सभा स्थगित गरेको थियो ।

कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटारमा सभा बोलाइएको थियो ।

सभामा उपस्थित एक शेयरधनीका अनुसार खासगरि शेयरधनीहरू सञ्चालकसँग रिसाएका थिए । उनीहरूले कहिल्यै शेयरधनीलाई लाभांश नदिएको भन्दै चित्त दुखाएका थिए । त्यही बीचमा शेयरधनी अलि बढी नै आक्रोशित हुँदै गएपछि सभा हलमै तनाव सिर्जना भएको थियो । पछि सञ्चालकहरू समेत खनिन थालेपछि सभा स्थगन गर्नुको विकल्प भएन।

कम्पनीले सभाका लागि मंसिर ७ गते नै बुक क्लोज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij