२०८३ साउन ११ सोमबार

जर्मनीमा आयोजित आई टी बी बर्लिन २०२४ मा नेपालको पर्यटन प्रबर्द्धन

ई आर्थिक    शुक्रबार, फाल्गुन २५ २०८०
4.6K
Shares
जर्मनीमा आयोजित आई टी बी बर्लिन २०२४ मा नेपालको पर्यटन प्रबर्द्धन

ई–आर्थिक, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० वटा विविध पर्यटन र हस्पिटालिटी व्यवसायिक कम्पनीहरूसँगको सहकार्यमा यही मार्च ५ देखि ७ तारेख सम्म जर्मनीको मेसे बर्लिनमा आयोजित आई टी बी बर्लिन २०२४ मा सक्रिय सहभागिता जनाउँदै गन्तव्य नेपालको प्रवर्धन र प्रचारप्रसार गरेको छ। पर्यटन उद्योग सम्बन्धी आयोजना हुने प्रवर्धनात्मक कार्यक्रमहरुमा आई टी बी बर्लिन विश्वकै सबैभन्दा ठुलो एवं अग्रिणी ट्राभल ट्रेड शो का रुपमा स्थापित कार्यक्रम हो ।

यो वर्ष सम्पन्न आईटीबी बर्लिनमा १७० देशबाट ५५०० ले १७० देशहरूबाट ५,५०० भन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीहरु सहित विश्वभरीबाट पर्यटनकर्मीहरु, पर्यटन उद्योगका क्रेताहरू र व्यापार आगन्तुकहरूलाई आमन्त्रण गरेको थियो । आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भब्य एवं शानदार प्रस्तुति सहित ओमानलाई एक आकर्षक गन्तब्यको रुपमा प्रवर्धन गरी उपस्थित सम्पूर्ण विश्वब्यापी पर्यटन सरोकारवालाहरुलाई ओमान भ्रमणका लागि आह्वान गरेको थियो।

आईटीबी बर्लिनको उद्घाटन दिनमा, जर्मनीका लागि नेपाली राजदूत महामहीम रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गरे । उद्घाटन सत्रमा उनले सबै नेपाली प्रतिनिधिहरूलाई स्वागत गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेकोमा पाटा नेपाल च्याप्टर र नेपालको पर्यटनक्षेत्रका सम्पूर्ण निजी क्षेत्रलाई बधाई ज्ञापन तथा प्रशंसा व्यक्त गरे ।

मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हाल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपा सहित पर्यटकीय आकर्षणहरुले सुसज्जित नेपाल प्याभिलियन अन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटल व्यवसायीहरू, टुर अपरेटरहरू, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिशन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमहरूले नेपालमा ट्रान्स्फ़ोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभवहरू प्रदान गर्ने विभिन्न पर्यटकीय उपजहरु र सेवाहरुको प्रवर्धन गरेका छन्। आई टी बी मा, पाटा नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्टले आगामी जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गरिने नेपालकै अग्रिणी तथा प्रिमियर अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शो को ५ औं संस्करण हिमालयन ट्राभल मार्ट २०२४ को पनि प्रवर्द्धन गरेको छ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आई टी बी बर्लिन २०२४ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीहरुलाई सक्रिय सहभागिता र उनीहरुको महत्त्वपूर्ण भूमिकाका लागि हार्दिक कृतज्ञता व्यक्त गरे। उनले विश्वको प्रमुख ट्राभल हब मध्येको एक आई टी बी बर्लिनमा नेपालको छवि उच्च्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनकालागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालमा दिगो पर्यटन बिकास, बिस्तार र प्रबद्र्धनमा नेपाल सदैव प्रतिबद्ध एवं सक्रिय रहेको बताउनु भयो ।

आई टी बी बर्लिनमा निरन्तर रुपमा सहभागिता जनाउने वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका सीईओ विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीहरूको उच्च संख्या र स्ट्यान्डको आकर्षक सजावट देखेर आफु खुसी भएको बताउनुभयो । उनले पाटा नेपालको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि सक्रिय प्रयासको प्रशंसा गर्दै भविष्यमा नेपालमा ट्राभल व्यवसायको बृद्धि हुने आशा व्यक्त गरे ।

बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले यस वर्ष सीमित सरकारी सहयोगको बाबजुद पनि आई टी बी बर्लिन २०२४ मा प्रभावशाली उपस्थितिमा योगदान गरेकोमा पाटा नेपाल र निजी क्षेत्रका सहभागीहरूलाई कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij