२०८३ साउन १० आइतबार

फेसबुक एक्कासी बन्द ! फेसबुक प्रयोगकर्ताले मुलुकमा ठूलै अनिष्ठ भएको देखि अनेक अड्कलबाजी लगाए

ई आर्थिक    मंगलबार, फाल्गुन २२ २०८०
7.8K
Shares
फेसबुक एक्कासी बन्द ! फेसबुक प्रयोगकर्ताले मुलुकमा ठूलै अनिष्ठ भएको देखि अनेक अड्कलबाजी लगाए

ई–आर्थिक, काठमाडौं । नेपालमा फेसबुक एक्कासी बन्द भएको छ । एक्कासी फेसबुक बन्द भएपछि करोडौं नेपालका फेसबुक प्रयोगकर्ता हैरानीमा छन् । भक्तपुरका सन्देश तिवारीको फेसबुक चलाउँदा चलाउँदै बन्द भयो ।

‘केही नगरी एक्कासी फेसबुकमा लग इन गर भन्यो । लगइन गर्दा सेभ भएको पासवर्डले काम गरेन् । पासवर्ड हान्दा ह्वाट्सएपमा म्यासेज आउछ भन्यो ।’ तिवरीले भने– ‘पासवर्ड हान्दा ‘अनएवल टु लगइन’ भन्यो र त्यसपछि तल ‘एन अनएक्सपेक्टेड इरर अकर्रड । प्लीज ट्राई लगिङ्ग इन एगेन’ भन्यो ।’

काठमाडौं पुरानो बानेश्वरकी अनिता कार्कीलाई पनि फेसबुक नचलेर हैरानीमा थिइन् । सबैतिर पो यस्तै भएको हो की भनि उनले मोरङमा भएका आफन्तीलाई फोन गरेर सोधिन । सोध्दा उनका आफन्तीको पनि उनीहरुको जस्तै समस्या भएको बताएको उनले सुनाइन । उदयपुरकी पवित्रा खड्का राउतले पनि आफ्नो फेसबुकमा त्यस्तै समस्या भएको बताइन् ।

सरकारले ‘टिकटिक’ झै फेसबुकमा पनि प्रतिबन्ध लगाएको हो की भनेर उनहरुले अनुमान लगाए । कतिले त आफ्नो फेसबुक एकाउण्ट ह्याक भएको हो कि भन्ने अड्कलबाजी लगाए ।

केही फेसबुक प्रयोगकर्ताले त मुलुकमा ठूलै अनिष्ठ भएको देखि अनेक अड्कलबाजी लगाउन समेत भ्याए । यसबारेमा फेसबुक र सरकारको कुनै आधिकारीक धारणा आउन सकेको छैन ।

फेसबुक बन्द हुन थालेको ९ः२० तिर हो । रातीको घटना भएकाले यो घट्को वारेमा आधिकारिकता र सरकारको धारणा लिन कठिनाइ भइरहेको छ । फेसबुकसँगै फेसबुकको म्यासेन्जर पनि बन्द भएको छ ।

पछिल्लो समयमा कम्प्युटरका फेसबुक प्रयोगकर्तालाई भने फेसबुकले यस्तो भन्न थालेको छ–

Facebook Will Be Back Soon
Facebook is down for required maintenance right now, but you should be able to get back on within a few minutes. In the meantime, read more about why you’re seeing this message. Thanks for your patience as we improve the site.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij