२०८३ साउन १० आइतबार

सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्छौँ : चन्द्र ढकाल

ई आर्थिक    शुक्रबार, फाल्गुन १८ २०८०
2.4K
Shares
सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्छौँ : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहयोग गरे सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्ने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटनमा बोल्दै उनले सरकारलाई निजी क्षेत्रको सहयोगको लागि अनुरोध गरेका हुन् । उनले राजनीति र अर्थतन्त्र फरक भएकोले राज्यले निजी क्षेत्रको मनोबल बढाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

‘नेपालको अर्थतन्त्रमा आएको मन्दी समाधानको लागि सर्वपक्षीय बहस आवश्यक छ । निजी क्षेत्रको मनोबल बढाउन सहयोग गरौँ,’अध्यक्ष ढकालले भने । उनले नेपालको भौगोलिक विविधतालाई उपयोग गर्दै पूर्वाधार बनाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij