२०८३ साउन १० आइतबार

आन्तरिक राजश्व अनुसन्धान पथलैयामा राजश्व संकलनमा वृद्धि

ई आर्थिक    शुक्रबार, फाल्गुन १८ २०८०
2.7K
Shares
आन्तरिक राजश्व अनुसन्धान पथलैयामा राजश्व संकलनमा वृद्धि

बारा । बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ । सोही अवधिमा गत आर्थिक वर्षमा मात्र १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो । यस आवको ६ महिनामा गतको तुलनामा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको छ ।

चुहावट तर्फको राजस्व  वृद्धि संगै भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको हिजो फागुन १७ गते सम्म ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन भएको छ । सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ मात्र ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले बिगतको तुलनामा राजस्व चुहावटमा क्रमसः नियन्त्रण हुँदै गएकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij