२०८३ साउन ११ सोमबार

धरानमा विमानस्थल बन्ने संभावना ट-यो, विमानस्थल बन्न नसक्ने प्राधिकरणको निष्कर्ष

ई आर्थिक    मंगलबार, फाल्गुन १५ २०८०
2.1K
Shares
धरानमा विमानस्थल बन्ने संभावना ट-यो, विमानस्थल बन्न नसक्ने प्राधिकरणको निष्कर्ष

ई–आर्थिक, काठमाडौं । धरानमा विमानस्थल बन्ने बनाउने चर्चासँगै संभावना टरेको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकाले पछि उक्त संभावना टरेको हो ।

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो ।

साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको सहितका विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

यसअघि धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले चर्को दबाब दिइरहेका छन् । त्यसपछि सरकारले एक समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij