२०८३ असोज ९ शुक्रबार

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर पशुपति क्याम्पस चावहिलमा

ई आर्थिक    शनिबार, फाल्गुन १२ २०८०
3.5K
Shares
ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर पशुपति क्याम्पस चावहिलमा

ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौँको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप लाई मध्यनजर गर्दै नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याइको बैंकले जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टरको सङ्ख्या ६५ वटा पुगेको छ ।

नयाँ एक्सटेन्शन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij