२०८३ साउन ११ सोमबार

चिनियाँ चाडपर्वका कारण कोरला नाका १५ दिन बन्द

ई आर्थिक    आइतबार, माघ २८ २०८०
4K
Shares
चिनियाँ चाडपर्वका कारण कोरला नाका १५ दिन बन्द

ई–आर्थिक, काठमाडौं । नेपाल–चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुनेभएको छ।

चिनियाँ पक्षले माघ २५ देखि फागुन १० गतेसम्म सांस्कृतिक चाडपर्व परेका कारण नाका १५ दिनका लागि बन्द गर्ने सूचना दिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो।

चिनियाँको चाडपर्व पर्ने भएकाले १५ दिनका लागि कोरला नाका बन्द हुने सूचना आएको हो। यसले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले स्थानीय समस्यामा परेका छन्।

सीमावर्ती क्षेत्रका बासिन्दाका दैनिक अत्यावश्यक सामग्री आयात तथा नेपाली पक्षका सामग्री चीनतर्फ निर्यात गर्न चीनले कोरला नाका १२ महिना खुला गरेको छ। चार वर्षपछि खुलेको कोरला नाका चिनियाँ पक्षले १५ दिन बन्द गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij