२०८३ साउन ११ सोमबार

ल्होसारको अवसरमा तीन दिन बिदा

ई आर्थिक    शुक्रबार, माघ २६ २०८०
5.5K
Shares
ल्होसारको अवसरमा तीन दिन बिदा

ई–आर्थिक, काठमाडौं । सोनाम ल्होसारको अवसरमा सार्वजानिक विदा दिने क्रम जारी रहको छ । यसैक्रममा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।

सोनाम ल्होसारको अवसरमा आज माघ २६ देखि २८ गतेसम्म सार्वजनिक बिदाको अवधिमा गाउँपालिका मातहतका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरू बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिनुभयो ।

सोनाम ल्होसारको अवसरमा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले संयुक्त रुपमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त बौद्धधर्मालम्वीहरु एवं सम्पूर्ण नेपाली महानुभावहरूमा सुस्वास्थ्य तथा दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यस पर्वले बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु साँस्कृतिक विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सहिष्णुता, मेलमिलाप र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा राख्दै शुभकामना सन्देशमा सर्वले समृद्ध इन्द्रसरोवर निर्माणमा जुट्ने प्रेरणा प्रदान गरोस् भनिएको छ ।

साथै उक्त पर्व बिदाको समयमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु रहनेसमेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij