२०८३ साउन ११ सोमबार

वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने एक महिला र एक पुरुष पक्राउ

ई आर्थिक    मंगलबार, माघ २ २०८०
6.3K
Shares
वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने एक महिला र एक पुरुष पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार स्थायी घर पाल्पा बग्नासकाली गाउँपालिका वडा नंं १ भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय मायादेवी रानाले दीपक राज कँडेल समेतलाई माल्टा जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटलमा मासिक तलब एक लाख ५० हजार रुपियाँ तलब हुने प्रलोभनमा पीडितहरूबाट पटकपटक गरी ४३ लाख रुपियाँ लिई सम्पर्कविहीन बनेकी थिइन् ।

यस्तै, चेक रिपब्लिक पठाउने भनी एक लाख ८० हजार रुपियाँ ठगी गर्ने स्थायी घर मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय विकास राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले चेक रिपब्लिक जान प्रतिव्यक्ति १३ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक लाख ८० हजार रुपियाँ मासिक तलब हुन्छ भनी दिवान गिरी समेतबाट सो रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij