२०८३ साउन १० आइतबार

राष्ट्रिय सहकारी महासंघमा पहिलोपटक महिला अध्यक्ष, ओमदेवी मल्ल अध्यक्ष रहेको टिममा अरु को–को ?

ई आर्थिक    आइतबार, पौस २९ २०८०
8.5K
Shares
राष्ट्रिय सहकारी महासंघमा पहिलोपटक महिला अध्यक्ष, ओमदेवी मल्ल अध्यक्ष रहेको टिममा अरु को–को ?

नेफ्स्कून एमाले सहकारीकर्मीले अध्यक्षसहित महत्वपूर्णपदहरु गुमाउनु परेको बदला राष्ट्रिय सहकारी महासंघमा लिएका छन् ।

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको इतिहासमा पहिलोपटक अध्यक्ष महिला बन्नुभएको छ । महासंघको पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।  निवर्तमान अध्यक्ष मिनराज कडेलले महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएको बताउनुभयो । मिनराज कडेल अघि पुर्व मन्त्री केशव बडाल र दिपक प्रकाश बास्कोटाले महासंघको नेतृत्व गर्नुभएको थियो ।

२५ सदस्य संचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध भएको छ । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भैसक्नुभएको छ । संविधानसभा सदस्य समेत रहनुभएको मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन हुनुभयो । उहाँ यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन हुनुभएको छ । पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित हुनुभएको छ । यस अघि उहाँ संचालक हुनुहुन्थ्यो ।

संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन हुनुभयो । साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित हुनु भएको महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गर्नुभएको थियो ।

यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)मा एमाले सहकारीकर्मीले अध्यक्षसहित महत्वपूर्ण पदहरु गुमाउनु परेको बदला राष्ट्रिय सहकारी महासंघमा लिएका छन् । महासंघमा सम्पूर्ण टिममा एमालेले हात पार्न सफल भएको छ । कांग्रेस र माओवादी समर्थित अभियन्ताहरूद्वारा निर्वाचन बहिष्कार गरेका थिए ।

यसअघिको अध्यक्ष मीनराज कँडेल एमाले समर्थक सहकारीकर्मीको रहेपनि अन्य पदहरुमा सबै दल समर्थक समेटिएका थिए । त्यसअघिका अध्यक्ष मध्ये केशब बडाल एमाले र दिपक प्रकाश बाँस्कोटा नेपाली काँग्रेस समर्थक थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij