२०८३ साउन ११ सोमबार

सानो पाइला सहकारीका बचतकर्ताद्वारा बीरगन्जमा प्रदर्शन, ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड हिनामिना

ई आर्थिक    शनिबार, पौस २८ २०८०
8.1K
Shares
सानो पाइला सहकारीका बचतकर्ताद्वारा बीरगन्जमा प्रदर्शन, ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड हिनामिना

ई–आर्थिक, काठमाडौं । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

८ सय बचतकर्ताको करिब १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेका सहकारी सञ्चालक गीतेन्द्र बाबु राई (जीबी) लगायतलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन् । वीरगन्ज महानगरपालिकाले बिहीबार उक्त सहकारीको कार्यालयमा शिलबन्दी गरेको थियो ।

शुक्रबार वीरगन्जको टिबडेवाल धर्मशालामा भेला भएका बचतकर्ताले ‘बचतकर्ताको पैसा टेलिभिजनमा लगानी गर्न पाइँदैन्, बालबालिको शिक्षाको लागि बचत गरेको पैसा फिर्ता गर, सञ्चालकलाई तत्काल पक्राउ गर, सांसदहरु मौन किन,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर घन्टाघरसम्म विरोध जुलुस निकालेका थिए ।

सानो पाइला सहकारीपीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले फरार भएका सहकारी सञ्चालकलाई जीबी राई सहितलाई पक्राउ गरी कारबाहीको माग राख्दै माघ २ मा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने बताए ।

जिल्लाबाट प्रतिनिधत्व गरेका प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुलाई सामूहिक रुपमा भेटेर दबाब दिने योजना समेत रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij