२०८३ साउन १४ बिहिबार

महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउने नेतृत्वमा महिला उद्यमी महासंघ नेपालले गर्नु पाउनुपर्ने, अन्य मागहरु के के छन् ?

ई आर्थिक    शनिबार, मंसिर ३० २०८०
7.1K
Shares
महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउने नेतृत्वमा महिला उद्यमी महासंघ नेपालले गर्नु पाउनुपर्ने, अन्य मागहरु के के छन् ?

काठमाडौं । महिला उद्यमी जिल्ला संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालले काभ्रेको पाँचखालमा बन्न लागेको महिला उद्यमी हरित औद्योगिक ग्राम निर्माणको नेतृत्व आफ्नो संस्थाले पाउनुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

आफ्नो संस्थाको मुख्य भूमिकाकै कारण औद्योगिक ग्राम बन्न लागेको भए पनि अहिले आफूहरूलाई संलग्न नगराई निर्माण हुन लागेको भन्दै महासंघको पदाधिकारीको टोलीले शुक्रवार प्रधानमन्त्री दाहाललाई भेटेर यस्तो ध्यानाकर्षण गराएको हो ।

चार वर्षअघिको त्रिपक्षीय सहमतिविपरीत महासंघलाई संलग्न नगराई औद्योगिक ग्रामको निर्माण अघि बढेको महासंघले जनाएको छ । २०७६ भदौ २० गते महासंघ, काभ्रे नगरपालिका र दक्षिण एशियाली महिला विकास मञ्चको प्राविधिक सहकार्य गर्ने गरी त्रिपक्षीय सहमति भएको थियो ।

महासंघले औद्योगिक ग्राम बनाउने नेतृत्व आफूलाई दिनुपर्ने ७ कारण पनि खुलाएको छ ।

१. पाँचखालमा महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउनका लागि महिला उद्यमी महासंघले अग्रणी भूमिका खेलेर काभ्रे नगरपालिका र दक्षिण एशियाली महिला विकास मञ्चको प्राविधिक सहकार्य गर्ने गरी त्रिपक्षीय सहमति भएको ।

२. विगत २० वर्षदेखि हरित महिला औद्योगिक ग्राम माग गर्दै आएकोमा राज्यले पनि हामीलाई उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता गरेको ।

३. महिला उद्यमी महासंघ नेपालले देशका ६१ जिल्लाहरूमा संजाल विस्तार गरी देशभरका करीब ५ हजार २५० प्रत्यक्ष र करीब ५० हजारभन्दा बढी अप्रत्यक्ष उद्यमी महिलाहरूलाई आफ्नो छाताभित्र ल्याई उनीहरूका व्यावसायिक कार्यहरूमा सहयोग पुर्‍याउँदै आइरहेको । निकट भविष्यमा नै ७७ वटै जिल्लामा पुर्याउने ।

४. FNCCI, CNI, FNCSI, FHAN जस्ता छाता संगठनहरूमा आवद्ध दिदीबहिनीहरू पनि महिला उद्यमी महासंघ नेपालमा आवद्ध रहेको ।

५. देशभरिको रोजगारीमा ७७ प्रतिशत योगदान रहेको साना तथा मझौला व्यवसायीहरूमा महिला उद्यमीहरू रहेको, जसले स्थानीय स्रोत र साधन प्रयोग गरी स्वदेशमै उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शन, प्रोफाइलिङ र बजारीकरणका गरिरहेको र राज्यलाई आत्मर्निभर बनाउनमा सहयोग गरिरहेको ।

६. महिला उद्यमी महासंघ नेपालमा कृषि, पर्यटन, हस्तकला, प्रविधि र सेवामुखी महिलाहरू आवद्ध रहेको ।

७. महिला उद्यमशीलता वृद्धि गर्नका निम्ति नीतिनियम बनाउनका लागि काम गर्ने विभिन्न संघसंस्थाहरूको पनि नेतृत्व महिला उद्यमी महासंघले लिइरहेको ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij