२०८३ भाद्र २६ शुक्रबार

बनेपाका सामुदायिक र ज्योति सहकारी संस्था मर्ज हुँदै, सेयर सदस्य ५८ हजार १४६ र कुल पुँजी पाँच अर्ब ८८ करोड ५४ लाख रुपियाँ पुग्ने

ई आर्थिक    शुक्रबार, असोज १९ २०८०
5.6K
Shares
बनेपाका सामुदायिक र ज्योति सहकारी संस्था मर्ज हुँदै, सेयर सदस्य ५८ हजार १४६ र कुल पुँजी पाँच अर्ब ८८ करोड ५४ लाख रुपियाँ पुग्ने

ई–आर्थिक, काठमाडौं । आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।

दुई सहकारीबिच भएको यो मर्जर सम्झौतालाई सहकारीकर्मीले जिल्लाकै बिग मर्जरका रूपमा लिएका छन् । १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र बनाएको सामुदायिक सहकारी विसं २०५१ मा स्थापना भएको हो । यो सहकारीमा ५१ हजार २४६ जना सेयर सदस्य रहेका छन् भने चार अर्ब ४६ करोड ९२ लाख ३९ हजार कुल पुँजी रहेको छ ।

यस्तै छ हजार नौ सय सेयर सदस्य रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था विसं २०५५ मा स्थापना भएको हो । ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको कुल पुँजी एक अर्ब ४१ करोड ६२ लाख ३० हजार रुपियाँ रहेको छ । दुवै संस्थाको आगामी साधारण सभाबाट मर्जरको प्रस्ताव पारित भएपश्चात् दुवै संस्थाको एकीकृत कारोबार सुरु हुने सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो ।

उहाँले दुइ संस्था एकीकरणपछि संस्थाको सेयर सदस्य सङ्ख्या ५८ हजार १४६ जना र कुल पुँजी पाँच अर्ब ८८ करोड ५४ लख ६९ हजार रुपियाँ तथा सेयर पुँजी ४६ करोड ९१ लाख ६१ हजार रुपियाँ पुग्ने बताउनुभयो ।

सहकारीको लगानीमा रहेको ऋण चार अर्ब ६६ करोड ३७ लाख ४५ हजार हुने छ भने बचत निक्षेप चार अर्ब चार करोड ८७ लाख २१ हजार रुपियाँ हुने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij