२०८३ साउन १७ आइतबार

तीन कम्पनीका हकप्रद शेयरमा आवेदन दिने अवसर आइतवारसम्म मात्रै, तपाईको छुुट्ला नि !

ई आर्थिक    शनिबार, भाद्र ३० २०८०
4.9K
Shares
तीन कम्पनीका हकप्रद शेयरमा आवेदन दिने अवसर आइतवारसम्म मात्रै, तपाईको छुुट्ला नि !

 ई-आर्थिक, काठमाडौं । दुई जलविद्युत कम्पनीसहित तीन कम्पनीको हकप्रद शेयर खरीद गर्ने भदौ ३१ गते (आइतवार) अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, अरुण काबेली पावर र सिनर्जी पावरको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन रहेको हो ।

मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।

३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

त्यस्तै अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि यसअघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा मागबमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो ।

हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी पावरको हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij