२०८३ भाद्र २६ शुक्रबार

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको उजुरी

ई आर्थिक    शनिबार, भाद्र १६ २०८०
15.4K
Shares
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको उजुरी

, पोखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जानकारी दिए । ‘सहकारी पीडितहरुको जाहेरी निवेदन परेको छ । अब यस विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

सूर्यदर्शन सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो ।

पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij