२०८३ साउन १७ आइतबार

ट्राफिक ज्यादती बन्द गर्न माग गर्दै यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकको प्रदर्शन, के के छन् अन्य मागहरू ?

ई आर्थिक    बिहिबार, साउन २५ २०८०
9.4K
Shares
ट्राफिक ज्यादती बन्द गर्न माग गर्दै यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकको प्रदर्शन, के के छन् अन्य मागहरू ?

ई–आर्थिक, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

उनीहरूले निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij