२०८३ भाद्र २६ शुक्रबार

सहकारी संस्थाको नियमनका लागि विशिष्टीकृत निकाय स्थापना गरिने

ई आर्थिक    आइतबार, साउन ७ २०८०
5.9K
Shares
सहकारी संस्थाको नियमनका लागि विशिष्टीकृत निकाय स्थापना गरिने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।

सहकारी संस्थाका बेथिति लगातार सार्वजनिक भइरहेको तथा अनेकन् असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैङ्कले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो।

आज सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, “आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि गरिनेछ।”

सरकारले चालु आवको बजेटमा सहकारी संस्थाको बेथिति नियमन गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij