२०८३ साउन १६ शनिबार

शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड

ई आर्थिक    मंगलबार, असार २६ २०८०
7.1K
Shares
शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड

ई–आर्थिक, काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो ।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

सिडब्लुसीको उपस्थिति विश्वका १५० देशका सात सय स्थानमा रहेको बैङ्कले जनाएको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गर्नुभएको बैङ्कले जनाएको छ ।

देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ भने बैङ्कको चार अर्ब २८ करोड चुक्ता पुँजी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij