ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुराना ५० वटा ब्रोकरले ७० प्रतिशतसम्म नाफा खाइरहेको दाबी गरेका छन् । उनले संसदको अर्थसमितिमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ समिती बैठकमा बोल्दै अध्यक्ष हमालले पुजी बजारका लगानी कर्ताहरुले १५ बर्ष देखि माग गरेको खुला ब्रोकर प्रणाली र बैंकका सहायक कम्पनीलाई लाइसेन्स भन्ने माग पूरा गरेको बताए ।
लगानीकर्ताको १५ बर्ष देखिको माग आफुले पुएआ गरेको दावी गरेका छन् ।
अध्यक्ष हमालले नेपालमा पहिलोपटक तीन प्रकारका ब्रोकर सेवाको लाइसेन्स दिएको पनि बताए । अध्यक्ष हमालले ब्रोकर लाइसेन्स वितरण गर्दा ५० वटा ब्रोकरहरु राज्यले संरक्षण गरेको जस्तै भयो भनेर महालेखाको प्रतिवेदन मै उल्लेख भएको पनि उनले बताए । अध्यक्ष हमालले महालेखाको प्रतिवेदन उदृत गर्दै टप १० ब्रोकरको आम्दानी ८८ प्रतिशतसम्म रहेको दावी पनि सुनाए ।
हरेक बर्ष नयाँ ब्रोकरलाई लाइसेन्स दिनुपर्छ– सांसद पदम गिरी

यसैबीच एमाले सान्सद पदम गिरीले आफू नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको बिरोधि नभएको स्पष्ट पारेका छन् ।
उनले नियम प्रक्रिया पुरा भए/नभएको विषयमा मात्रै आफ्नो चासो रहेको उनले बताए । ‘मलाई ब्रोकर लाइसेन्सको बिरोधीका रुपमा प्रचारित गरिएको देखियो, म त हरेक बर्ष लाइसेन्स दिनुपर्छ भन्ने मान्यता राख्छु’, सांसद गिरीले भने ।