२०८३ साउन ११ सोमबार

व्यवसायी मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा सम्मानित

ई आर्थिक    आइतबार, असार ३ २०८०
2K
Shares
व्यवसायी मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा सम्मानित

ई–आर्थिक, काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले बिहीवार सम्मान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । ग्रुपअन्तर्गतका दर्जनौं उद्योग, फर्म तथा कम्पनीमा उनी क्रियाशील छन् ।

उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थामा आबद्ध रहेको बताइएको छ । नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणको व्यापार व्यवसायमा दुगड ग्रुप परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij