२०८३ साउन १७ आइतबार

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

ई आर्थिक    बिहिबार, जेष्ठ ३२ २०८०
3.8K
Shares
प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच सम्पन्न उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रा.लि.बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहक महानुभावहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij