२०८३ असोज ९ शुक्रबार

एनआईसीको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०८०
3.3K
Shares
एनआईसीको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंकले ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहित उक्त योजना सार्वजनिक गरेको हो ।

डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहकीमाझ पु¥याउने उद्देश्यले ल्याइएको उक्त योजना असार मसान्तसम्म रहने बैंकले जानकारी दिएको छ । असार मसान्तसम्म पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरूमात्रै उक्त योजनामा सहभागी हुन पाउने बैंकको भनाइ छ ।

योजनामा सहभागीले आकर्षक लाभका साथै यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट उपलब्ध गराइने बैंकले बताएको छ । त्यस्तै, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार रुपैयाँ बराबरका १० वटा ह्याम्परलगायतका उपहार उक्त योजनामा सहभागीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij