ई–आर्थिक, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन खुलेको छ । कम्पनीले बैशाख ११ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमै ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपिओ जारी गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको कम्पनीको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँ छ । हाल कम्पनीले चुक्ता पुँजीमा संस्थापकहरुको लगानी ९४।०१ प्रतिशत र सवैधारण समूहको हिस्सा ५।९९ प्रतिशत मात्रै छ । हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँ छ । एफपिओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।