२०८३ साउन १७ आइतबार

नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि, पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीको लागि

ई आर्थिक    आइतबार, बैशाख ३१ २०८०
5.5K
Shares
नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि, पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीको लागि

ई–आर्थिक, काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij