२०८३ साउन १७ आइतबार

लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता

ई आर्थिक    बिहिबार, बैशाख १४ २०८०
3.5K
Shares
लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरी आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजेनेस हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij