२०८३ साउन १७ आइतबार

ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

ई आर्थिक    बुधबार, बैशाख १३ २०८०
3.4K
Shares
ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

ई–आर्थिक, काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन खुलेको छ । कम्पनीले आज अर्थात बैशाख १३ गतेबाट सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । सोमध्ये आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कुल निष्काशनको १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरका लागि आवेदन दिन पाउँछन् ।

कम्पनीले ९.७ मेगावाटको माथिल्लो इङ्वाखोला साना जलविद्युत आयोजना प्रवर्द्धन गरिरहेको छ । जसको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ छ ।

आयोजनाको कुल अनुमानित लागत भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १५ लाख २० हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ०।०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २५ पैसा छ । आर्थिक वर्षपछि २०८१.८२ सम्म कम्पनीले सञ्चित नाफा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा कायम गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij