२०८३ साउन १७ आइतबार

माईखोला हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

ई आर्थिक    शुक्रबार, बैशाख ८ २०८०
4.3K
Shares
माईखोला हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

ई–आर्थिक, काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागिमा आईपीओ जारी गरेको छ । कम्पनीले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बरारबको १५ लाख २९ हजार ४ सय ११ कित्ता बराबरको आईपीओ जारी गर्ने भनेको थियो ।

सोमध्ये सर्वसाधारणका लागि भने १२ लाख ६९ हजार ४११ कित्ता शेयरका लागि आवेदन खुलाएको हो । आईपीओमा बैशाख ८ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले यस अघि नै ७६ हजार ४७९ कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सञ्चालन गरिरहेको ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.०१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०।७४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ । कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij