२०८३ असोज ९ शुक्रबार

कुमारी बैंक र सेलट्रोन नेपालबीच सम्झौता

ई आर्थिक    बिहिबार, बैशाख ७ २०८०
7.5K
Shares
कुमारी बैंक र सेलट्रोन नेपालबीच सम्झौता

ई–आर्थिक, काठमाडौं : कुमारी बैंक लिमिटेडका क्रेडिट कार्डबाहक ग्राहकले अब सेलट्रोन नेपाल प्रालिबाट अनर ब्रान्डका मोबाइल फोनहरू खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्ताबन्दीमा सजिलै गर्न सक्ने भएका छन् ।

ग्राहकहरुलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि बैंकले सहकार्यमार्फत सेलट्रोन नेपाल प्रालिमा पाइने होनर ब्रान्डका विभिन्न मोबाइल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने प्रावधान गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता पनि सो बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij