२०८३ असोज ९ शुक्रबार

कुमारी बैंकका ग्राहकले लभ कुशका सामान किस्तामा पाउने

ई आर्थिक    बुधबार, बैशाख ६ २०८०
3.1K
Shares
कुमारी बैंकका ग्राहकले लभ कुशका सामान किस्तामा पाउने

ई–आर्थिक, काठमाडौं । कुमारी बैंकका क्रेडिट कार्डवाहकले लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्री खरीद गर्दा भुक्तानी मासिक किस्तामा गर्न पाउने भएका छन् ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न बैंकले लभ कुशसँग सहकार्य गरेको जानकारी दिएको छ । आफ्ना ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकले बैंकिङ सुविधा दिँदै आएकोे छ ।

आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij