२०८३ साउन १२ मंगलबार

सिटिजन्स बैंक धारापानी शाखाद्वारा श्री मनकामना आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

ई आर्थिक    मंगलबार, चैत्र २८ २०७९
5.7K
Shares
सिटिजन्स बैंक धारापानी शाखाद्वारा श्री मनकामना आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपुरको श्री मनकामना आधारभूत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले बैंकको १६औँ वार्षिकोत्सवलाई मध्यनजर विद्यालयको वार्षिक दिवसका अवसरमा उनीहरुलाई सहयोग गरेको हो ।

कार्यक्रममा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नका लागि शैक्षिक सामग्री वितरण प्रभावकारी कदम भएको बैंकले जनाएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंकले देशभरका १८२ शाखा, १३९ एटिएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij