२०८३ साउन १७ आइतबार

रावा इनर्जिको आईपीओ आजदेखि विक्री खुल्यो

ई आर्थिक    बिहिबार, चैत्र २३ २०७९
5.6K
Shares
रावा इनर्जिको आईपीओ आजदेखि विक्री खुल्यो

ई–आर्थिक, काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज अर्थात् चैत २३ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन शुरु गरेको हो ।

कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू। ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका ९साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति ० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री बन्द छिटोमा आगामी वैशाख ७ गते हुनेछ भने ढिलोमा वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको छ ।

उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महीना बाँकी रहेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ननेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij