२०८३ साउन १० आइतबार

नेपाल उद्योग बाणिज्य महासंघको आगामी बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले थाले सर्वसम्मतको पहल

ई आर्थिक    बुधबार, चैत्र २२ २०७९
4.8K
Shares
नेपाल उद्योग बाणिज्य महासंघको आगामी बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले थाले सर्वसम्मतको पहल

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने पहल गरेका छन् । आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत गर्न भाबि अध्यक्ष समेत रहेका ढकालले पहल थालेका हुन । महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ गरी तीन जना उम्मेदवार छन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका ढकाल आगामी साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन् । बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना उम्मेदवारलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

‘महासंघलाई सबै उद्योगी व्यवसायीको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौं भन्ने गरेको छु,’ उनले भने, ‘यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ ।’

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्त्व रहने बताए । ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्त्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,’ उनले भने, ‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔं । एकता र सहकार्यबाट समाधान खोजौं । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना उम्मेदवार मिलाउन सकिन्छ भनिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij