२०८३ साउन १७ आइतबार

भूगोल इनर्जीको आईपीओ चैत २३ गतेदेखि विक्रीमा आउँदै

ई आर्थिक    बुधबार, चैत्र १५ २०७९
6.3K
Shares
भूगोल इनर्जीको आईपीओ चैत २३ गतेदेखि विक्रीमा आउँदै

ई–आर्थिक, काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो। सर्वसाधारण, सामूहिक लगानीकोष र कर्मचारी समेत कम्पनीले ९ लाख ७९ हजार २९६ कित्ता शेयर विक्री गर्नेछ ।

कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ७ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले उक्त कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij