२०८३ साउन १७ आइतबार

सगरमाथा जलविद्युतको आईपीओ विक्री खुल्यो

ई आर्थिक    बुधबार, चैत्र ८ २०७९
4.6K
Shares
सगरमाथा जलविद्युतको आईपीओ विक्री खुल्यो

ई–आर्थिक, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज अर्थात् चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले जारी पूँजी रू. १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री शुरु गरेको हो ।

कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

विक्री अवधि छिटोमा चैत १२ गतेसम्मका लागि तोकिएको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत २२ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ पनि छिटो अवधि चैत १२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ ।

आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्तापूँजी रू। १ अर्ब १२ करोड कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij