२०८३ असोज १० शनिबार

प्रभु बैंक र सीजी मोटर्सका सवारी प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा दिने

ई आर्थिक    शनिबार, चैत्र ४ २०७९
6.5K
Shares
प्रभु बैंक र सीजी मोटर्सका सवारी प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा दिने

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राम पोखरेल र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकको देशभर रहेका ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij